Logo

बुधवार, श्रावण २७ गते २०८३

images

हरेक व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नु पर्छ — कानुनमन्त्री धनराज गुरुङ

हरेक व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नु पर्छ — कानुनमन्त्री धनराज गुरुङ

दैनिकी न्यूज

२०, पौष २०८०
हरेक व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नु पर्छ — कानुनमन्त्री धनराज गुरुङ
images

ललितपुर । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले हरेक व्यवसायीलाई राज्यले उचित संरक्षण सहित सहज रुपमा व्यवसाय सञ्चालन गर्नका लागि प्रोत्साहन गर्न पर्छ भन्ने धारणा राखेका छन् । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासंघको विहिबार ललितपुरमा आयोजित सातौ बार्षिक साधरणसभा तथा दोस्रो महाधिवेशनमा मन्तव्य राख्दै मन्त्री गुरुङले जसरी अभिभावकले आफ्ना सन्तानहरुलाई संरक्षण गर्छ, त्यसरी राज्यले पनि व्यवसायीहरूलाई संरक्षण गर्नु पर्ने बताएका हुन् । 

cat 1.jpg
‘हरेक व्यवसायीलाई राज्यले प्रोत्साहन गर्न पर्छ, तपाईंहरु पनि संरक्षणमा रहनुहुने छ । कोरोनाको समयमा बढि प्रभावित भएको भन्ने कुरा राख्नुभएको छ, नयाँ नेतृत्व आएपछि समस्या समाधानका लागि आफ्नो कुरा लिएर तपाईहरुको समस्या लिएर आउनु होला, कुन र कस्तो कानुन चाहिने हो, त्यसका लागि पहल गर्छ ।’ मन्त्री गुरुङ्गले भने ।
ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले व्यवसायीहरूका बीचमा आपसी समन्वय, सहकार्य र एकता कायम गर्नपर्छ भन्ने धारणा राखे । उनले सबै व्यवसायमा कानुनी अड्चन र करका बिषयमा समस्याहरू छन् भन्दै यसका लागि व्यवसायीहरू मिलेर एकजुट भएर साझा धारणा वनाउँदै समाधान गर्नेतीर लाग्नुपर्छ भन्नेमा जोड दिए ।
नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष तेविन्द्र रत्न शाक्यले क्याटरिङ्ग व्यवसायलाई सेवामूलक व्यवसायको रुपमा अगाडि बनाउन कानूनी सहजता गरिनुपर्ने बताए ।

पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी संघ ललितपुरका अध्यक्ष हिमकिसोर काम्वाङ्ग राईले सामाजिक सुधार ऐन २०३३ अव्यवहारिक भएको र त्यसलाई खारेज गरिनुपर्ने धारणा राखे ।

वि.सं. २०७४ साल असार २९ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासंघको प्रथम महाधिवेशन २०७५ जेठमा सम्पन्न भएको थियो ।

images
प्रकाशित मिति :पौष २०, २०८० शुक्रवार - ०७:३९:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology