Logo

बुधवार, श्रावण २७ गते २०८३

images

९९ प्रहरी निरीक्षक र ९८ सहायक निरीक्षकका लागि सशस्त्र प्रहरीमा भर्ना खुल्यो

९९ प्रहरी निरीक्षक र ९८ सहायक निरीक्षकका लागि सशस्त्र प्रहरीमा भर्ना खुल्यो

दैनिकी न्यूज

२०, पौष २०८०
९९ प्रहरी निरीक्षक र ९८ सहायक निरीक्षकका लागि सशस्त्र प्रहरीमा भर्ना खुल्यो
images

काठमाडौं । सशस्त्र प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी सहायक निरीक्षक (असई) देखि विभिन्न पदहरूमा नयाँ भर्ना गर्ने भएको छ।

शुक्रबार सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी बलले ९९ जना इन्स्पेक्टर, ९८ जना असई, ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि दरखास्त आह्वान गरेको हो।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले माघ १० गतेसम्म आवेदन दिन सक्नेछन्। उम्मेदवारहरूले अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।

प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा अनलाइन आवेदन दिएकाहरूद्ये फागुन २ गतेभित्र र विभिन्न ट्रेड पदमा उम्मेदवारी दिएकाहरूले माघ २४ गतेभित्र दरखास्त दिँदा तोकेको कार्यालयमा उपस्थित हुनुपर्नेछ।

images
प्रकाशित मिति :पौष २०, २०८० शुक्रवार - ०७:५२:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology