ललितपुर । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाको निर्देशकमा मैयाँ कँडेललाई नियुक्त गरेको छ।
मन्त्रालयले शुक्रबार कँडेललाई इपिएस कोरियन शाखाको निर्देशकमा नियुक्त गरेको हो।
यसअघि गुरुदत्त सुवेदी निर्देशक थिए। पुस १३ गते शुक्रबार बालकुमारी घटनामा दुई जनाको मृत्यु भएपछि उनलाई सरकारले पदबाट हटाएको थियो।
इपिएस परीक्षा दिन पाउनुपर्ने माग गर्दै पदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो।
प्रहरीको गोली र कुटपिटबाट अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । साथै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी समेत गरिएको थियो ।