बारा । बाराको निजगढ नगरपालिका वडा नं. ९ शहीदचोकस्थित सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मणिश्वर घिमिरे पुनः निर्वाचित भएका छ । संस्थाको १३ औं वार्षिक साधारण सभाबाट घिमिरेको अध्यक्षतामा नयाँ सञ्चालन समिति र लेखा समिति निर्वाचित भएको छ । सो सभाले मणिश्वर घिमिरेको अध्यक्षमा १५ सदस्यीय निर्वाचित भएको हो । त्यस्तैगरी उपाध्यक्षमा निर्मल भण्डारी, सचिवमा मनोज रेग्मी, कोषाध्यक्षमा सकुन्तला लामा, सह सचिवमा दिपक सिवाकोटी सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरि सदस्यमा मुकुन्द विष्ट, हरि प्रसाद न्यौपाने, सावित्रि बराल तिमल्सिना, सञ्जय पण्डित, सुनिल कुवर र भिम प्रसाद सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरि लेखा समितिको संयोजकमा सोमराज तामाङ पुनः निर्वाचित भएका छ। समितिको सदस्यमा लोक बहादुर खुलाल र अनिश पोखेल निर्वाचित भएका छन् ।
नव निर्वाचित समितिका पदाधिकारी तथा सदस्यलाई निर्वाचन समितिका संयोजक सुदर्शनप्रसाद कोईरालाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । यस अघि साधारण सभाको निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले गमलामा पानी सिन्चितगरी उदघाटन गरेका थिए ।
उदघाटन कार्यक्रममा मेयर पुरी, उपमेयर सोममाया थिङ्ग, नेफस्कुन सञ्चालक शोभा राउत, बारा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सतेन्द्र ठाकुर, निजगढ नगरपालिका सहकारी विभाग प्रमुख अजय कुमार उप्रेती, बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटा, सगरमाथा साकोस निजगढका अध्यक्ष भोलाप्रसाद गौतम, लोकप्रिय साकोस निजगढका अध्यक्ष अम्बिका प्रसाद चौलागाई, अवतार साकोस निजगढका अध्यध्यक्ष अजय लामा, खानेपानी तथा सरसफाई उपभोक्ता संस्था निजगढका अध्यक्ष सुदर्शनप्रसाद कोईराला लगायतले शुभकामना तथा सहकारीको बारेमा महत्त्वपूर्ण मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा निजगढ नगरपालिकाका वडा नम्बर २ का कार्यबाहक वडा अध्यक्ष पुष्कर खड्का, वडा नम्बर ११ का वडा अध्यक्ष सहईया गुरो थारु, कार्यपालिका सदस्य फुलमाया लामा, समन्नत महिला बहुउद्देश्य सहकारी संस्थाकी अध्यक्ष कल्पना खरेल, अैचोपैचो साकोसका अध्यक्ष नारायणप्रसाद गौतम लगायतको आतिथ्यता रहेको थियो ।
साधारण सभामा अध्यक्षको प्रतिवेदन अध्यक्ष मणिश्वर घिमिरेले, लेखा समितिको प्रतिवेदन लेखा संयोजक सोमराज तामाङ, कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष रुपाश्री ढोडारीले प्रस्तुत गरेका थिए ।
अध्यक्ष मणिश्वर घिमिरेको सभाध्यक्षता र संस्थाका मानार्थ अध्यक्ष सुशिल खनालको सह–अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष नवराज तिमल्सिना र सञ्चालन सचिव निर्मल भण्डारीले गरेका थिए ।