बारा । बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर १३ स्थित श्री भगवती आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय युवा समाजसेवी जयबहादुर स्याङतान सर्वसम्मत चयन भएको छ ।
विद्यालय व्यवस्थापन समितिको मंगलवारको बैठकले स्याङतानलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । समितिको अन्य सदस्यहरुमा सानुमाया गोले, अनिता थोकर, विविमाया गोले , सेतेबहादुर तामाङ्ग र बाबुलाल थिङ्ग चयन भएको हो ।
यसअघि भएको अभिभावक भेलाबाट चुनिएका व्यवस्थापन समितिका ४ जना सदस्यको बैठकले अभिभावक शिक्षासेवी मध्येबाट थप २ जना सदस्य मनोनयन गरेसंगै व्यवस्थापन समितिले पूर्णता पाएको हो ।
अभिभावकबाट चयन भएका सदस्यहरुले मंगलबार नै बैठक गरेर जय बहादुर स्याङतान र अनिता थोकरलाई व्यवस्थापन समितिको सदस्यमा मनोनयन गर्ने निर्णय गरेको थियो ।
समितिले पूर्णता पाएपछि भएको बैठकले स्याङतानलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । व्यवस्थापन गठन तथा अभिभावक भेला निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानले व्यानर पढेर उदघाटन गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सानुकान्छा पाख्रीनको अध्यक्षातामा भएको सो कार्यक्रममा अतिथिहरु टंक गोले, रोशन पाख्रीन, जयबहादुर स्याङतानलगायतले मन्तव्य राखेका थिए ।
उक्त भेलामा वडा अध्यक्ष सुर्य घलान, वडा सदस्य सुर्यबहादुर थोकर, फुलमाया स्यङतान, विद्यालयका प्रधानाध्यापक उदयराज अधिकारी, धारापानी सामुदायिक वन अध्यक्ष उमेश घलान, महिला अधिकारकर्मी सानुमाया गोले, बुद्धिलाल स्याङतान, टंक गोलेलगायतका सहभागी रहेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य विद्यालयकी शिक्षिका तथा पुर्व प्रधानाध्यापक शुशिला भट्टराईले गरेकी थिए भने कार्यक्रम संचालन तत्कालीन प्रधानाध्यापक जीवन लामाले गरेका थिए ।