Logo

बुधवार, श्रावण २७ गते २०८३

images

घुस रकमसहित प्रहरी सहायक निरीक्षक अख्तियारको फन्दामा

घुस रकमसहित प्रहरी सहायक निरीक्षक अख्तियारको फन्दामा

दैनिकी न्यूज

२६, पौष २०८०
घुस रकमसहित प्रहरी सहायक निरीक्षक अख्तियारको फन्दामा
images

काठमाडौं । प्रहरी चौकी खडैचा, बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्रसिंह भण्डारी घुस रकमसहित पक्राउ परेका छन्।

भण्डारीले कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस/रिसवत माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।


विशेष सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले भण्डारीलाई सेवाग्राहीबाट आठ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित बुधबार नियन्त्रणमा लिएको हो।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :पौष २६, २०८० बिहिवार - ०७:३१:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology