बारा । गत वर्षहरू झैं यस वर्ष पनि श्री गौरी शंकर माध्यमिक विद्यालय निजगढ बारा एसएलसी व्याच २०४९ का विद्यार्थीहरुको मित्र मिलन कार्यक्रम सम्पन्न भएको छ ।
निजगढ नगरपालिका वडा नम्बर ४ मोहोरी स्थित पौष २८ गते शनिबार सो कार्यक्रम शिक्षाकहरुलाई सम्मान गरि मनाएको हो ।
सो मित्र मिलन कार्यक्रममा २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा निजगढ नगरपालिका वडा नम्बर १० बाट वडा अध्यक्षमा निर्वाचित सो व्याचका विद्यार्थी आशाकाजी श्रेष्ठलाई मायाको चिनो र शिक्षाकहरुलाई सम्मान पत्रले सम्मान गरि सम्पन्न भएको थियो । सम्मान ग्रहण गर्दै वडा अध्यक्ष श्रेष्ठले सबै साथीहरुको सरसल्लाह सुझाब अनुसार जनताको काम गर्ने बताए भने जनताको काम गर्न सधै लागि पर्ने र त्यसको लागि साथीहरुसँग एकतावद्धताको साथ काम गर्ने समेत बताएका छन् । त्यसैगरी आगामी मित्र मिलन कार्यक्रममा सबै साथीहरूलाई एकताबद्ध गर्नको लागि सबै साथीहरु खटिनु पर्ने आफू पनि खटिने समेत व्यक्त गरे ।
त्यस्तै गरि सम्मान पत्र ग्रहण गर्दै शिक्षाक सुदर्शन प्रसाद कोइरालाले पहिलेको र अहिलेको शिक्षाको गुणस्तर धेरै फरक भएको बताए । अर्को शिक्षक रामकुमार शर्माले राज्यमा अहिले जुन गतिविधि भैइरहेको छ एकापसमा अरोप प्रत्यारोप यस्तै भैरहेमा सच्चा मानिस पाउन मुस्किल हुने बताए ।
फाउन्डेसनले आफुहरुलाई पढाउने शिक्षाकहरु सुदर्शन प्रसाद कोइराल, हरिनारायण लाल कर्ण, कृष्ण प्रसाद उपाध्याय, गङ्गा प्रसाद शाह, नारायण प्रसाद लामिछने, राम कुमार शर्मा दाहाल, नागेन्द्र प्रसाद शाहलगायतलाई सम्मान पत्रले सम्मान गरेका थिए ।
कार्यक्रम निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटवालको अध्यक्षतामा भएको थियो । अतिथिहरुलाई स्वागत मन्तव्य फाउन्डेसनका सचिव दिपककुमार खडकाले गरेका थिए भने कार्यक्रम संचालन दुर्गा बस्नेतको रहेका थिए ।
कार्यक्रममा एस एल सी ब्याच २०४९ को विद्यार्थीहरु समुन्द्र नेपाल, चन्द्र प्रसाद दाहाल, दुर्गा प्रसाद धिताल, दिपेन्द्र बस्नेत, दिनेश श्रेष्ठलगायत एसएलसी २०४९ व्याचका सम्पुर्ण पदाधिकारीहरु लगायत विद्यार्थी मित्रहरूको सहभागी रहेका थिए ।
फाउन्डेसनले निजगढको एेतिहासिकता, परम्परा, संस्कृति लगायतका विषयहरुलाई प्रबर्द्धन सम्बर्द्धन गर्नमा आफुहरु लागि पर्ने समेत जानकारी दिए ।
यसै क्रममा मित्र मिलन कार्यक्रममा सहभागीहरु सो व्याचका विद्यार्थीहरु विच लामो समय पछि भेटघाट हुँदा सबैजना हर्षित खुशी भएका थिए भने हाँसी मजाक गर्दै हार्दिकता पनि साटासाट गरेका थिए ।
आगामी दिनहरुमा सबै पूर्व विद्यार्थी भेला हुने गरी उचित मिति, समय र स्थानमा आगामी मित्र मिलन कार्यक्रम गरिने उपस्थित सबैजनाले प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
कार्यक्रम निजगढ ९ का वडा अध्यक्ष रामचन्द्र कटवालको संयोजकतामा सम्पन्न भएको थियो ।