ललितपुर । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति रोकिदिएको छ।
गएको पुस ४ गते कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध पुस २९ गते कोषकै भरत मरासिनीले रिट दायर गरेका थिए।
आइतबार उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले पुनको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
आदेशमा कोषको निर्णय कार्यान्वयन नगर्न भनिएको छ।
पुस ४ मा बसेको परिषद् बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रस्तावमा पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो।