Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जेहेन्दार विद्यार्थीका लागि पोशाक र शैक्षिक सामग्री वितरण वितरण

जेहेन्दार विद्यार्थीका लागि पोशाक र शैक्षिक सामग्री वितरण वितरण

उमेश घलान

१०, माघ २०८०
जेहेन्दार विद्यार्थीका लागि पोशाक र शैक्षिक सामग्री वितरण वितरण
images

बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर १२ का वडा कार्यालयद्वारा वडाका गरिब जेहेन्दार विध्यार्थिहरुलाई पोशाक र शैक्षिक सामग्री वितरण गरेको छ । कार्यालयले वडामा रहेका तीन विद्यालयका छात्र छत्राहरुलाई उक्त सामग्री वितरण गरिएको हो ।

वडामा अवस्थित तीन सामुदायिक विध्यालयहरु नेपाल राष्ट्रिय आधारभुत विद्यालय बुङ्ग्जोर, मन्जुश्री आधारभुत विलय रामथली र सरस्वती आधरभु विद्यालयका छत्रछात्राहरुले लाभ लिएको छ ।

वडाका जम्मा ३० छात्रछात्राले सो सामग्री पाएका हुन जसमा प्रत्येक विद्यालयका १० जेहेन्दार छात्रछात्राहरु लाभान्वित भएका छन । सामग्रीहरुमा विध्यालय पोशाक, विद्यालय ब्याग, कपि, पेन, पेनसिल, कलर, ज्यामित्तिय बक्सलगायतको शैक्षिक सामग्रीहरु वितरण गरेका थिए ।

अघि पनि वडाले हालको बढदो जाडो मौसमको चिसो र शितलहरलाई मध्यनजर गर्दै जाडोमा न्यानोपनको आभास गराउन, चिसोबाट बच्न वडाका अपाङ्ग र ८० वर्ष भन्दा माथि उमेर समुहका ६० जना गरिव तथा विपन्न परिवारका व्यक्तिहरूलाई न्यानो सिरक वितरण गरेको थियो।

वडा अध्यक्ष ज्ञान बहादुर गोले, वडा सदस्यहरु सुकुमाया मोक्तान, चन्द्रमान तामाङ र बुद्दिमाया वि।क।लगायत प्रत्येक विद्यालयका प्रधानाध्यापक सियाराम कुमर, बुना राउत र जोग बहादुर गोलेको रोवरमा सामाग्री वितरण गरेको वडा अध्यक्ष ज्ञान बहादुर गोलेले जानकारी दिए ।

त्यस्तै कार्यक्रमको व्यवस्था वा सहजीकरण ह्बने वडा सचिव अरूण कुमार वस्नेतले गरेका थिए ।

images
प्रकाशित मिति :माघ १०, २०८० बुधवार - ०८:४८:०३ बजे

 

उमेश घलान

घलान बारा जिल्लाको स्थानीय सम्वाददाता हुन् ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology