Logo

बुधवार, श्रावण २७ गते २०८३

images

काठमाडौं उपत्यकाको आज यी स्थानमा बिजुलीको लाइन काटिने

काठमाडौं उपत्यकाको आज यी स्थानमा बिजुलीको लाइन काटिने

दैनिकी न्यूज

१३, माघ २०८०
काठमाडौं उपत्यकाको आज यी स्थानमा बिजुलीको लाइन काटिने
images

काठमाडौं । काठमाडौंको चुनिखेल फिडर अन्तर्गतका विभिन्न स्थानहरूमा आज चार घन्टा बिजुली काटिने भएको छ।

बुढानीलकण्ठ वितरण केन्द्रको उक्त फिडर अन्तर्गत पर्ने भंगाल, बिजुली भंगाल, गाम्चा, सापाटार, टुपेक, वडा कार्यालय ११, कौडोल, सुन्दरबस्ति, बासबारी, गणेश चोक, स्पेशल चोक लगायतका स्थानमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म बिजुली काटिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

ती क्षेत्रमा बिजुलीको भूमिगत प्रसारण लाइनको काम गर्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ। निर्धारित समय अगावै काम सम्पन्न भएमा अगाडि नै लाइन सुरु हुने प्राधिकरणले जनाएको छ।

 

images
प्रकाशित मिति :माघ १३, २०८० शनिवार - ०९:००:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology