Logo

बुधवार, श्रावण २७ गते २०८३

images

ज्याठास्थित होटल भियानामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

ज्याठास्थित होटल भियानामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

दैनिकी न्यूज

१६, माघ २०८०
ज्याठास्थित होटल भियानामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
images

ललितपुर । काठमाडौं महानगरपालिका वडा नं. २६ ज्याठास्थित होटल भियानामा जुवातास खेलिरहेको अवस्थामा रोल्पा घर भएका ३६ वर्षीय लिला डागी समेत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

डागीले उक्त होटलको कोठा नम्बर ६१२ भाडामा लिई जुवा खेलाईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १३ लाख ६२ हजार ५ सय रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

images
प्रकाशित मिति :माघ १६, २०८० मंगलवार - २१:०२:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology