Logo

बुधवार, श्रावण २७ गते २०८३

images

जो मान्छेले घुस खाँदैन, त्यसले विकासका लागि निष्पक्ष रुपमा काम गर्छ : मन्त्री बस्नेत

जो मान्छेले घुस खाँदैन, त्यसले विकासका लागि निष्पक्ष रुपमा काम गर्छ : मन्त्री बस्नेत

दैनिकी न्यूज

२३, माघ २०८०
जो मान्छेले घुस खाँदैन, त्यसले विकासका लागि निष्पक्ष रुपमा काम गर्छ : मन्त्री बस्नेत
images

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले घुस नखाने मान्छेले विकासका लागि निष्पक्ष रुपमा काम गर्ने बताएका छन् ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. ७ याङ्लाकोटमा सोमबार आयोजित याङ्लाकोट बृहत् २८६० ओैं डुक सोनाम ल्होसार कार्यक्रममा मन्तव्य राख्दै मन्त्री बस्नेतले जनताको मतबाट निर्वाचित भएपछि विकासका लागि क्रियाशील हुन सक्नुपर्ने र त्यसका लागि घुस नखाने ब्यक्ति हुनुपर्ने बताए । उनले स्थानीय जनताको समस्या बुझ्न बुद्धि, विवेक र क्षमता पनि हुनुपर्ने भन्दै यहाँको स्थानीय विकासका लागि साझा हीतको भावना लिएर काम गर्ने बताएका हुन् ।

'म यहाँको पार्टी भन्दा माथि उठेर स्थानीय विकासको लागि क्रियाशील हुनेछु । जनप्रतिनिधिले आफू लाभ लिने हैन, जनताको समस्या समाधान गर्ने हो, पदमा हुँदा या नहुँदा मैले विकास निर्माणका काम गरेको छु। विकास गर्छ भनेर अत्याधिक मत दिनु भयो, गठबन्धन भएकोले माओवादी र समाजवादीले पनि मत दिनु भयो, एमालेका पनि धेरैले मत दिए । त्यो विश्वासलाई मैले कायम गर्नुपर्छ ।' मन्त्री बस्नेतले भने ।

उनले नेताहरुको भजन गाउने भन्दा पनि जनताको भावना बोल्ने काम स्थानीय कार्यकर्ताले थाल्नु पर्ने बताउनु हुँदै आफू काँग्रेसबाट जितेको जनप्रतिनिधि भएपनि कांग्रेसका मात्रै नभई सही कुरा र विकास निर्माणका कुरा सबै पार्टीका कार्यकर्ताहरुको कुरा सुन्छु भन्ने धारणा राखे ।
स्वास्थ्य क्षेत्रका गर्नुपर्ने सबै काम गर्छु भन्दै मन्त्री बस्नेतले याङ्लाकोटमा बर्थिङ्ग सेन्टरको ब्यवस्था यथाशीघ्र गर्ने बताए ।

उनले अहिलेसम्म जलविरे, कुविन्डे भेगमा पर्याप्त विकास नहुनु, प्रदेशका योजना पर्न नसक्नु दुखद कुरा भएको बताए ।

74764478-8d05-4206-bf9a-01d80f373a2d.jpg

बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले चाड पर्वले आपसी सम्बन्ध सुमधुर बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले राजनीतिक पार्टीको झण्डा र चिन्ह लिएर चुनाव लडेको भएपनि जनप्रतिनिधिहरुले ध्यान दिएर जनताको काम गर्नुपर्छ भन्ने धारणा राखे । जनताको विश्व र सहयोगका कारण चुनाव जितेको हो भन्दै जनताको दुस्ख, पीडा र मर्मलाई भुल्नु नहुनेमा उनले जोड दिए ।

images
प्रकाशित मिति :माघ २३, २०८० मंगलवार - ०७:५९:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology