Logo

आइतवार, श्रावण २४ गते २०८३

images

फागुन ३ देखि अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा नेपाल–भारत उच्चशिक्षा शिखर सम्मेलन हुने

फागुन ३ देखि अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा नेपाल–भारत उच्चशिक्षा शिखर सम्मेलन हुने

दैनिकी न्यूज

१, फाल्गुण २०८०
फागुन ३ देखि अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा नेपाल–भारत उच्चशिक्षा शिखर सम्मेलन हुने
images

ललितपुर । यही फागुन ३ देखि ५ गतेसम्म काभ्रेको धुलिखेलमा अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा नेपाल–भारत उच्चशिक्षा शिखर सम्मेलन हुने भएको छ ।

नेपालको शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने र अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुसँग साझा सञ्जाल निर्माण गरी उत्तम साझेदारी अभ्यास तथा पारस्परिक सहयोग आदानप्रदानको अभिप्रायले काठमाडौं विश्वविद्यालयको आयोजनामा उक्त शिखर सम्मेलन हुने भएको हो ।

विश्वविद्यालयले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरि दिएको जानकारी अनुसार फागुन ३–५ (फेब्रुअरी १५–१७) सम्म उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलन धुलिखेलस्थित विश्वविद्यालयको मुख्य परिसरमा आयोजना हुनेछ । भारतीय विश्वविद्यालय संघको आयोजना तथा काठमाण्डौ विश्वविद्यालयको तत्वावधानमा आयोजित सभा तथा सम्मेलनमा नेपाल, भारत, बाङ्लादेश, मलेसिया, थाइल्यान्डलगायत देशका १५० विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्हरूको उपस्थिति रहने प्रवक्ता तथा डीन एक्कुमाया पुनःले जानकारी दिइन् ।

d17e26e9-eccc-467a-8aad-cf7c6cd30ff6.jpg

विश्वले उच्चशिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा भूमण्डलीकरण र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणु मूल विषय रहेको उक्त सभामा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तरविश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल हुनेछन् ।

62a46844-93c7-4d99-8023-f37f3ffcde0d.jpg

images
प्रकाशित मिति :फाल्गुण १, २०८० मंगलवार - ०८:५३:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology