ललितपुर । कोन्ज्योसोम गाउँपालिका वडा नम्बर २ शङ्खु स्थिति श्री मगर गाउँ माध्यमिक विद्यालयमा यहीँ २०८० साल फाल्गुन १८, १९ र २० गते विद्यालय स्थापनाको ५०ओैँ वर्षको उपलक्ष्य स्वर्ण महोत्सव हुने भएको छ।
स्वर्ण महोत्सव उद्घाटन फाल्गुन १८ गते नेपाल सरकारका पुर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ ।
तीन दिन हुने महोत्सव कार्यक्रममा तिनै तहका जनप्रतिनिधिहरू र अन्य निकायबाट विशेष अतिथि तथा अतिथिहरु रहनेछन ।
महोत्सवको दोस्रो दिन शैक्षिक बहस हुने स्वर्ण महोत्सव आयोजक समितिले जानकारी गराएको छ । महोत्सवमा रास्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुदेखि स्थानीय कलाकारहरूको साँस्कृतिक कार्यक्रम, सम्मान कार्यक्रम, पुर्व शिक्षक तथा पुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम , हुनेभएको छ।
स्वर्ण महोत्सव लक्षित महोत्सव आयोजक कमिटीको आयोजनामा मिति २०८० साल फाल्गुन ७ गते चापागाउँ टाहाखेल हिमशिखर पार्टी प्यालेसमा विहान ८ बजे उपत्यका विशेष भेला तथा अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको छ।