Logo

आइतवार, श्रावण २४ गते २०८३

images

त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

दैनिकी न्यूज

७, फाल्गुण २०८०
त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस
images

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिमा तीन जनाको नाम सिफारिस भएको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले सर्टलिस्टमा परेका १४ जनासँग हिजो (आइतबार) अन्तरवार्ता लिएपछि तीन जनालाई नियुक्तिका लागि सिफारिस गरेको हो।

त्रिविभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ को उपदफा (२) बमोजिम प्रधानमन्त्री एवम् कुलपति समक्ष प्रा डा चित्रवहादुर बुढाथोकी, प्रा डा केशर बराल र प्रा डा टेकनाथ धमलाको नाम नियुक्तिका लागि सिफारिस गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

अब यिनै तीन जनामध्येबाट एक जना उपकुलपति बन्नेछन् ।

images
प्रकाशित मिति :फाल्गुण ७, २०८० सोमवार - ०६:४६:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology