ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं. ३ मा बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । सुमेरु हस्पिटल धापाखेल ललितपुर र गोदावरी–३ को सहकार्य तथा सफल महिला समूहको आयोजनामा शिविर सञ्चालन हुने वडा अध्यक्ष राज घिमिरेले जानकारी दिए ।
सुमेरु हस्पिटलका वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर निर शोभा चित्रकारले सेवा दिनेछन् ।
शिविरमा बिशेष गरि विशेषज्ञ चिकित्सकद्वारा स्त्रीरोग परीक्षण, फिजियो, औषधी, जनरल फिजिसियन, हाड जोर्नी तथा नसा, बाल रोग सम्बन्धी, सुगर, प्रेसर, स्तन क्यान्सर, बाँझोपनलगायत धेरै रोगहरूको उपचार हुनेछ ।
शिविर सञ्चालन चैत १० गते बिहान १० बजेबाट ३ बजेसम्म गोदावरी नगरपालिका वडा नं. ३ को कार्यालयमा सञ्चालन हुने वडा अध्यक्ष घिमिरेको भनाई छ । शिविर पूर्णरूपमा निःशुल्क हुनेछ ।