राजीव श्रेष्ठ
भनिन्छ,
जहाँ रवि पुग्दैन
त्यहाँ कवि पुग्छन।
तर,
यो रापिलो दुष्कर भाष्कर
एक्कासी कताबाट उदायो
नेपाली आकाशमा?
कतै त्यो उष्ण राप
सात समुद्र तरेर पो आयो कि?
कतै त्यो रुग्ण बाफ्
बिदेशी पासपोर्ट्मा
भिसा लगाएर पो भित्रियो कि?
जेहोस,
त्यो किरण
विकिरण बनेर
सोझा नेपालीको
मन, मुटु,मस्तिष्क र
शरीरभरि पस्यो।
निभ्ने बेलाको बतीझैं
त्यो सुर्जेको तेज
अहिले,
निस्तेज बनेको छ
रविको धमिलिएको
छविको भावी के होला?
पुरै देशका कविहरु
यहीं प्रश्न तेर्साई बसेका छन।