रामेछाप । मन्थली नगरपालिका वडा नम्बर १ निवासी श्याम सुवेदीको परिवारले विभिन्न १० बिद्यालयका ८० जना छात्रालाई करिव सात लाख बराबरको छात्रवृत्ति प्रदान गरेका छन ।
मन्थली माविको सभाहलमा आज आयोजित एक कार्यक्रममा उक्त छात्रवृत्ति प्रदान गरिएको हो। समाजसेवी शिक्षाविद गुञ्जबहार श्रेष्ठ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा गुञ्बहादुर श्रेष्ठ, समाजसेवी दिपक प्रसाईं, मन्थली माविका प्रअ टक दाहाल, वडा अध्यक्ष रामहरि पौडेललगायतका ब्यक्तित्वले मन्तव्य राखेका थिए ।

पुर्ण छात्रवृत्ति पाउने छात्राहरूमा तामाकोसी क्याम्पस खिम्ती १२ जना, सहिद स्मृति क्याम्पस मन्थलीका ६ जना, सेतिदेवी मावि सालुका १० जना, भैरवी मावि सुनारपानीका १० जना, सिद्धेश्वर मावि गैराथोकका १० जना, मन्थली माविका १० जना रहेका छन् । त्यस्तै आंशिक छात्रवृत्ति पाउनेहरूमा १० वटै बिद्यालयबाट २१ जना गरि ८० जना छात्राहरुले प्राप्त गरेका हुन।

समाजसेवी श्याम सुवेदीले नौ बर्ष अघिबाट छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्न सुरुवात गरेका हुन् । छोरीलाई शिक्षित बनाउदा समाज शिक्षित बन्छ भन्ने अभियानसहितको कार्यक्रमको सभापति श्याम सुवेदीले गरेका थिए ।
यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी निम्न वर्गका भएकाले पनि निरन्तर रुपमा विगत नौ वर्षदेखि छात्रवृत्तिलाई विशेष प्राथमिकता दिइएको सुवेदीले बताए ।
कार्यक्रममा पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदी, प्रमिला न्यौपानेसहित पारिवारिक सदस्यहरू नेत्रप्रसाद घिमिरे, बिजया सुवेदी, सन्तोष श्रेष्ठ, जया सुवेदी,संजीप प्रताप जवरा, सन्जया सुवेदी, गोविन्द श्रेष्ठ, अस्मिता सुवेदी, कविराज सुवेदीलागायत पारिवारिक सदस्यहरूको बाक्लो उपस्थित रहेको थियो। कार्यक्रम युवराज सुवेदीले सञ्चालन गरेका थिए।