Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि हुने

कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि हुने

दैनिकी न्यूज

१०, बैशाख २०८२
कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि हुने
images

काठमाडौं । कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ । बिहीबारदेखि सञ्चालन हुने परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

यद्यपि बोर्डले परीक्षाको तालिका भने बुधबार मात्रै सार्वजनिक गर्नेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए । सोही अनुसार परीक्षा बोर्डले केहीबेरमा परीक्षा सर्ने जानकारी गराउँदै सूचना निकाल्दैछ ।शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित गरिएको हो ।

मंगलबार साँझ बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका थिए ।

यसअघि परीक्षा बोर्डले तोकिएको समय पर्सि ११ गते नै परीक्षा गर्ने निर्णय गरेको थियो । तर सबै संयन्त्र प्रयोग गरेर भएपनि परीक्षा गर्ने तयारीमा बोर्ड थियो ।

images
प्रकाशित मिति :बैशाख १०, २०८२ बुधवार - ०७:१२:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology