Logo

आइतवार, श्रावण २४ गते २०८३

images

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

दैनिकी न्यूज

११, बैशाख २०८२
रघुजी पन्त शिक्षामन्त्री नियुक्त
images

काठमाडौं । नेकपा (एमाले) का नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई नियुक्त गरेका हुन् ।

शिक्षक आन्दोलनको दबाब झेल्न नसकेपछि यसअघि सोमबार विद्या भट्टराईले राजीनामा दिएकी थिइन् । रिक्त ठाउँमा रघुजीलाई एमालेले अघि सारेको हो । पन्तको आज ४ः०० बजे शपथ गराउने तयारी छ ।

एमालेको समानुपातिक सांसद पन्त यसअघि २०६१ सालमा शेरबहादुर देउवाको क्याविनेटमा श्रममन्त्री भएका थिए ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङलाई हटाएका थिए । शीतल निवासको विज्ञप्ति नियुक्ति, हेरफेर र कार्यविभाजनसहितको मन्त्रिपरिषद् पूनर्गठनको सूची सार्वजनिक गरेको छ । ऊर्जाराज्यमन्त्रीको पद भने खाली छ ।

raghuji-panta-niukta-suchi.jpg

images
प्रकाशित मिति :बैशाख ११, २०८२ बिहिवार - ०७:१५:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology