Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आयुर्वेद चिकित्सालयमा मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालन

आयुर्वेद चिकित्सालयमा मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालन

दैनिकी न्यूज

१४, फाल्गुण २०८२
आयुर्वेद चिकित्सालयमा मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालन
images

ललितपुर । ललितपुरको ताल्छिखेलस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा सञ्चालन भैरहेको छ । बढ्दो मानसिक समस्यालाई मध्यनजर गर्दै चिकित्सालयले प्रत्येक महिनाको दोस्रो तथा चौथो सोमबार बिहान ८ बजेदेखि मानसिक तथा मनोविज्ञान विशेषज्ञ सेवा प्रदान गर्न थालेको हो।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वभर करिब १० प्रतिशत मानिस मानसिक रोगबाट पीडित छन्। मानसिक समस्यामध्ये चिन्ता, अवसाद, आघातपछिको मानसिक तनाव, द्विध्रुवीय मानसिक अवस्था, सीमारेखीय व्यक्तित्व समस्या तथा खानपान सम्बन्धी समस्या मुख्य मानिन्छन्। तीमध्ये चिन्ता र अवसादले मात्र करिब दुई तिहाइ हिस्सा ओगटेको तथ्यांकले देखाएको छ।

47e240c7-db8e-4b3f-bc0c-0c115502c537.JPG

चिकित्सालयमा सञ्चालन भइरहेको सेवाअन्तर्गत डराउने, तर्सिने, एकान्तमा बस्न मन लाग्ने, अनावश्यक चिन्ता लिने, निन्द्रा नलाग्ने जस्ता मानसिक समस्याको परीक्षण तथा उपचार गरिन्छ। साथै महिलाहरूमा महिनावारी बन्द हुने समयमा देखिने चिडचिडापन, मनस्थितिमा उतारचढाव आउने, शरीर दुख्ने, निन्द्रा नलाग्ने, चिन्ता तथा अवसाद जस्ता समस्याको पनि परीक्षण गरिने चिकित्सालयले जनाएको छ।

यसका अतिरिक्त माइग्रेन तथा अन्य प्रकारका टाउको दुखाइको समेत जाँच गरिनेछ। उपचारका क्रममा आवश्यक औषधि उपलब्ध गराइनुका साथै शिरोधारा, शिरोबस्ति, शिरोपिचु तथा नस्य जस्ता आयुर्वेदिक उपचार विधि पनि प्रयोग गरिने चिकित्सालयले जनाएको छ।

चिकित्सालयले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई समयमै परीक्षण गराई उपचार सेवा लिन आग्रह गरेको छ।

images
प्रकाशित मिति :फाल्गुण १४, २०८२ बिहिवार - १८:३८:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology