Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पाकिस्तानले अन्तर्राष्ट्रिय उडान सुरू गर्ने

पाकिस्तानले अन्तर्राष्ट्रिय उडान सुरू गर्ने

दैनिकी न्यूज

१७, जेठ २०७७
पाकिस्तानले अन्तर्राष्ट्रिय उडान सुरू गर्ने
images

काठमाडौं, जेठ १७ । पाकिस्तानले शुक्रबार रातिदेखि अन्तर्राष्ट्रिय उडान सुरू गर्ने निर्णय गरेको छ । सरकारले कोरोनाभाइरस सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि नियमित गतिविधिमा लगाएको रोकलाई खुकुलो पार्ने निर्णयसँगै अन्तर्राष्ट्रिय उडानलाई पुनः सुरू गर्न लागिएको छ, पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शुक्रबार जारी सूचनामा भनिएको छ ।प्राधिकरणले घरेलु उडानलाई भने विभिन्न चरणमा गरी यस पहिले नै सुरू गरिसकेको छ ।

संघीय सरकारको निर्णयअनुसार पाकिस्तानबाट हुने अन्तर्राष्ट्रिय उडानहरू शुक्रबार राति २३ः५९पछि सुरू हुनेछन् । ‘ग्वादर र तुर्वत विमानस्थलबाहेकका पाकिस्तानका सबै अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू सञ्चालनका अनुमति दिइएको छ’ सूचनामा भनिएको छ ।

सरकारले पाकिस्तानबाट विदेशका लागि हुने उडानका लागि आवश्यक प्रक्रिया भने यस पहिले नै तोकेको छ । अन्तर्राष्ट्रिय उडानका लागि विमान कम्पनीहरूले गन्तव्य देशको नियमलाई पालना गर्नुपर्नेछ । जसमा विमानलाई उडानपूर्व कीटाणुशोधन प्रक्रियालाई प्रत्याभूत गर्ने र विमानस्थलमा भिडभाड नगर्नेलगायतका कोभिड–१९ सङ्क्रमणबाट सुरक्षाका लागि अपनाउनुपर्ने सावधानीहरू रहेका छन् । पाकिस्तानले अन्तर्राष्ट्रिय उडानलाई गत मार्चदेखि रोकेको थियो । एजेन्सी

images
प्रकाशित मिति :जेठ १७, २०७७ शनिवार - ०६:३२:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology