Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images

१५ असारमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा

१५ असारमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा

दैनिकी न्यूज

१३, आषाढ २०७७
१५ असारमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा
images

काठमाडौं । कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

राष्ट्रिय धान दिवसको अवसरमा १५ असारमा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएको छ । जसका कारण प्रदेश सरकारले हरेक वर्ष जुम्लामा १२ चैतमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता तुल खड्काले प्रदेश मन्त्रिपरिषद्को यही १२ जेठको बैठकले कर्णालीका जुम्लाबाहेक ९ जिल्लामा धान दिवसको बिदा दिने निर्णय गरेको जानकारी दिए ।

images
प्रकाशित मिति :आषाढ १३, २०७७ शनिवार - १९:४५:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology