Logo

बुधवार, कार्तिक १२ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

दैनिकी न्यूज

१४, आषाढ २०७७
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
images

कास्की। पोखरा महानगरपालिका-८ ईन्द्रपुरी टोल बस्ने सुरेश गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा स्याङजा फेदिखोला-३ बस्ने २९ वर्षीय सुसिल रेग्मी लगायत ७ जनालाई नगद १८ हजार ६ सय २० रुपैयाँ र २ सय ८० पत्ती तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गिरीको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद तथा तास सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी पोखरा महानगरपालिका-८ रत्नचोक सुगम मार्ग बस्ने ३९ वर्षीय अमित भण्डारीको गिरी वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा भण्डारी लगायत ६ जनालाई नगद ३० हजार ७ सय ७५ रुपैयाँ र ४ बुक तास सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त वर्कशपमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद तथा तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :आषाढ १४, २०७७ आइतवार - १३:२५:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology