Logo

बुधवार, कार्तिक १२ गते २०८३

images

सवारी दुर्घटनामा परी सैनामैनामा बाबुछोराको मृत्यु

सवारी दुर्घटनामा परी सैनामैनामा बाबुछोराको मृत्यु

दैनिकी न्यूज

१५, आषाढ २०७७
सवारी दुर्घटनामा परी सैनामैनामा बाबुछोराको मृत्यु
images

बुटवल । सैनामैना नगरपालिका– ८ कलौनीमा सोमबार अपराह्न भएको सवारी दुर्घटनामा बाबु छोराको ज्यान गएको छ । अपराह्न करीब २ बजे भएको दुर्घटनामा सैनामैना– १ वनकट्टाका ५० वर्षीय टेकबहादुर परियार र उनका ३० वर्षीय छोरा सन्तोषको ज्यान गएको हो ।

दुर्घटनामा घाइते दुबैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । ज्यान गुमाउने सन्तोष जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी जवान हुन्।

बुटवलबाट पश्चिम आउँदै गरेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु २ च ८५२९ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

images
प्रकाशित मिति :आषाढ १५, २०७७ सोमवार - २०:३०:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology