Logo

बुधवार, कार्तिक १२ गते २०८३

images

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी हालेर परीक्षण

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी हालेर परीक्षण

दैनिकी न्यूज

२१, आषाढ २०७७
मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी हालेर परीक्षण
images

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ । आज बिहान मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ । 

काठमाडौंतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो । 

हेलम्बु गाउँपालिका( १ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । 

मेलम्चीको मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिएको आयोजनाका कार्यकारी निर्देशक रितेशप्रसाद खत्रीको भनाइ छ । रासस

images
प्रकाशित मिति :आषाढ २१, २०७७ आइतवार - १५:०१:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology