Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images

दुई औषधिको बिक्री वितरणमा रोक लगाइयो

दुई औषधिको बिक्री वितरणमा रोक लगाइयो

दैनिकी न्यूज

२४, आषाढ २०७७
दुई औषधिको बिक्री वितरणमा रोक लगाइयो
images

काठमाडौं । न्यून गुणस्तरको रहेको जनाउँदै दुई प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाइएको छ । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा लोमस फर्मास्युटिकल्स प्रालिका न्यून गुणस्तरका दुई औषधिको बिक्रीवितरणमा रोक लगाएको हो ।

मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) बिक्रीवितरणमा रोक लगाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए ।


औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा आधिकारिक बिक्रीवितरकलाई मङ्गलबार निर्देशन दिइएको बताइएको छ । विभागले उक्त औषधि सिफारिस, बिक्रीवितरण तथा प्रयोगसमेत नगर्न आग्रह गरेको छ । रासस

images
प्रकाशित मिति :आषाढ २४, २०७७ बुधवार - १४:४४:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology