Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images

मौसम पूर्वानुमानः सोमबारसम्म ठूलो वर्षाको सम्भावना

मौसम पूर्वानुमानः सोमबारसम्म ठूलो वर्षाको सम्भावना

दैनिकी न्यूज

१०, श्रावण २०७७
मौसम पूर्वानुमानः सोमबारसम्म ठूलो वर्षाको सम्भावना
images

काठमाडौंं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव छ। साथै नेपालको दक्षिण भागमा न्युन चापीय क्षेत्र रहेको छ । देशभर सामान्य बदली रही अहिले थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन १० गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती प्रदेश, गण्डकी  प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका  एक वा दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का  एक वा दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ११ गते (आइतबार)

दिउँसोः देशभर आँशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आँशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी  प्रदेशका एक वा दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत  सम्भावना रहेको छ।

साउन १२ गते (सोमबार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र गण्डकी  प्रदेशका एक वा दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत  सम्भावना रहेको छ।

राती : देशभर सामान्यदेखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी  प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

images
प्रकाशित मिति :श्रावण १०, २०७७ शनिवार - ०८:२२:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology