Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बिहीबार काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ सहित ५२५ जना कोरोना संक्रमित थपिए

बिहीबार काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ सहित ५२५ जना कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

२९, श्रावण २०७७
बिहीबार काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ सहित ५२५ जना कोरोना संक्रमित थपिए
images

काठमाडौं । बिहीबार ३८ वटा प्रयोगशालामा ९ हजार ८६९ वटा पिसिआर परीक्षण गर्दा थप ५२५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५२५ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ जनासहित १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल आइसोलेसनमा ८ हजार २५ जनाको उपचार भइराखेको छ । ४६६ जना होम क्वारिन्टिनमा रहेका छन् ।

गत २४ घण्टाभित्र ११९ जना निको भई घर फर्किएका छन् । हालसम्म १६ हजार ८३७ जना उपचार गरी घर फर्किएका छन् । पर्सा, रौतहट, महोत्तरी र काठमाडौंमा पाँच सय बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।  

नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

images
प्रकाशित मिति :श्रावण २९, २०७७ बिहिवार - १६:२९:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology