Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ६ सहित ५९४ जना कोरोना संक्रमित थपिए

शुक्रबार काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ६ सहित ५९४ जना कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

३०, श्रावण २०७७
शुक्रबार काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ६ सहित ५९४ जना कोरोना संक्रमित थपिए
images

काठमाडौं । शुक्रबार ३८ वटा प्रयोगशालामा ११ हजार ५७५ वटा पिसिआर परीक्षण गर्दा थप ५९४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । हालसम्म ४ लाख ९४ हजार ६१३ जनाको पिसिआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५९४ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ६ जनासहित ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ६ सय ३८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ७ हजार ९१३ जना रहेको छ ।

गत २४ घण्टाभित्र २४० जना निको भई घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ । हालसम्म १७ हजार ७७ जना उपचार गरी घर फर्किएका छन् ।

नेपालमा हालसम्म ९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

images
प्रकाशित मिति :श्रावण ३०, २०७७ शुक्रवार - १६:२८:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology