Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शनिबार काठमाडौंका ८०, ललितपुरका ९ र भक्तपुरका ९ सहित ४६८ जना कोरोना संक्रमित थपिए

शनिबार काठमाडौंका ८०, ललितपुरका ९ र भक्तपुरका ९ सहित ४६८ जना कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

३१, श्रावण २०७७
शनिबार काठमाडौंका ८०, ललितपुरका ९ र भक्तपुरका ९ सहित ४६८ जना कोरोना संक्रमित थपिए
images

काठमाडौं । शनिबार विभिन्न वटा प्रयोगशालामा ११ हजार ४७ वटा पिसिआर परीक्षण गर्दा थप ४६८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । हालसम्म ५ लाख ५ हजार ६६० जनाको पिसिआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । 

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंका ८०, ललितपुरका ९ र भक्तपुरका ९ जनासहित ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ४ सय ४८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ८ हजार १९३ जना र होम आइसोलेसनमा बस्नेको संख्या ५२३ रहेको छ ।

गत २४ घण्टाभित्र १२४ जना निको भई घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या १७ हजार २०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाबाट हालसम्म नेपालमा मृत्यु हुनेको सङ्ख्या १०२ पुगेको छ ।

images
प्रकाशित मिति :श्रावण ३१, २०७७ शनिवार - १६:३४:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology