ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं. ५ स्थित लेलेका एक २७ वर्षका युवालाई कोरोना भाइरस (कोभिड–१) पोजिटिभ देखिएको छ । उनको शनिबार आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको हो ।
साउन २३ गते दुबई आएपछि उनलाई सिधै लेले प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा राखिएको र स्वाब परीक्षणपछि उनको रिपोर्ट पोजिटिभ आएको वडा– ५ का अध्यक्ष तथा गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले दैनिकीन्युजलाई जानकारी दिए ।
सिलवालले भने, ‘उहाँलाई एयरपोर्टबाट सिधै क्वारेन्टाइनमा ल्याई राखिएकोले ट्राभल हिस्ट्रि छैन । उनको स्वास्थ्य अबस्था सामान्य नै छ ।’
उनमा कोरोना संक्रमण देखिएपछि क्वारेन्टाइन क्षेत्र (लेले प्राथमिक स्वास्थ्य केन्द्र) सहित लेले बस पार्क क्षेत्र सिल गरिएको सिलवालले बताए । कन्ट्राक्ट टे«ेसिङको कार्यभैरहेको सिलवालले बताए ।
यसैबीच गोदावरी–८ डुकुछापका ८ जना स्थानीय बासिन्दा कोरोना संक्रमित भएपछि पुरै वडा सिल गरिएको प्रवक्ता सिलवालले बताए ।