काठमाडौं । मंगलबार विभिन्न प्रयोगशालामा १३ हजार १६१ वटा पिसिआर परीक्षण गर्दा थप १ हजार १६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।
मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंका १३८, ललितपुरका ५० र भक्तपुरका १७ जनासहित २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १३ हजार ९२६ जना रहेका छन् । त्यसैगरी संक्रमित संक्रमितको सख्ंयाका १० हजार ६३९ जना र होम आइसोलेसनमा बस्नेको संख्या २ हजार ८८७ रहेको छ ।
संक्रमितमध्ये ८ जना भेन्टिलेटरमा रहेका छन् । मन्त्रालयका अनुसार पाँच सय बढी संक्रमित भएका जिल्लामा मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं हुन् ।
संक्रमण शून्यमा झरेका पाँच जिल्ला छन्। प्रवक्ता गौतमका अनुसार मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा संक्रमण शून्यमा झरेको हो ।
गत २४ घण्टाभित्र ८५ जना निको भई घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या १७ हजार ५८० पुगेको छ ।
२४ घण्टामा कोरोनाले सात जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ११४ पुगेको मन्त्रालयले जनाएको छ ।