Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बिहीबार देशभर ७०७ जना कोरोना संक्रमित थपिए, उपत्यकाका तीन जिल्लामा कति ?

बिहीबार देशभर ७०७ जना कोरोना संक्रमित थपिए, उपत्यकाका तीन जिल्लामा कति ?

दैनिकी न्यूज

४, भाद्र २०७७
बिहीबार देशभर ७०७ जना कोरोना संक्रमित थपिए, उपत्यकाका तीन जिल्लामा कति ?
images

काठमाडौं । बिहीबार विभिन्न प्रयोगशालामा ११ हजार ८३२ वटा पिसिआर परीक्षण गर्दा थप ७०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आजसम्म ५ लाख ६६ हजार २२० जनाको पिसिआर परीक्षण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ७०७ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंका १७४, ललितपुरका १८ र भक्तपुरका ८ जनासहित २०० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ७६८ जना रहेका छन् । त्यसैगरी संक्रमित सक्रिय सख्ंया ११ हजार ५५५ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ३ हजार ७७२ रहेको छ ।

संक्रमितमध्ये ७ जना भेन्टिलेटर र १२९ जनाको आईसियूमा उपचार भैरहेको छ ।

मन्त्रालयका अनुसार पाँच सय बढी संक्रमित भएका जिल्लामा मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौं हुन् ।

संक्रमण शून्यमा झरेका ४जिल्ला छन् । प्रवक्ता गौतमका अनुसार भोजपुर, मनाङ, मुस्ताङ, र हुम्लामा संक्रमण शून्यमा झरेको हो ।

पछिल्लो २४ घण्टामा २६३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ९६४ पुगेको छ। नेपालमा कोरोनाबाट १२६ जनाको मृत्यु भएको छ।   

images
प्रकाशित मिति :भाद्र ४, २०७७ बिहिवार - १६:२८:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology