काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप २०० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
काठमाडौंका १७४ जना, ललितपुरका १८ जना र भक्तपुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा ७०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।