Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोमबार ७४३ जना कोरोना संक्रमित थपिए, उपत्यकाका तीन जिल्लामा कति ?

सोमबार ७४३ जना कोरोना संक्रमित थपिए, उपत्यकाका तीन जिल्लामा कति ?

दैनिकी न्यूज

८, भाद्र २०७७
सोमबार ७४३ जना कोरोना संक्रमित थपिए, उपत्यकाका तीन जिल्लामा कति ?
images

काठमाडौं । सोमबार विभिन्न प्रयोगशालामा १० हजार २३४ जनामा पिसिआर परीक्षण गर्दा थप ७४३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आजसम्म ६ लाख १० हजार ४६९ जनाको पिसिआर परीक्षण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । सोमबार कोरोना संक्रमण पुष्टि भएकामध्ये २४६ महिला र ४९७ पुरुष रहेका छन् ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंका १७७, ललितपुरका ३३ र भक्तपुरका १४ जनासहित २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार २७५ जना रहेका छन् । त्यसैगरी संक्रमित सक्रिय सख्ंया १३ हजार ७१५ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ४ हजार ५६१ जना रहेको छ ।

संक्रमितमध्ये १५ जना भेन्टिलेटर र १३८ जनाको आईसियूमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा १७५ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ पुगेको छ ।

images
प्रकाशित मिति :भाद्र ८, २०७७ सोमवार - १६:२७:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology