Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार ८५५ जना कोरोना संक्रमित थपिए, उपत्यकाका तीन जिल्लामा हालसम्मकै उच्च

मंगलबार ८५५ जना कोरोना संक्रमित थपिए, उपत्यकाका तीन जिल्लामा हालसम्मकै उच्च

दैनिकी न्यूज

९, भाद्र २०७७
मंगलबार ८५५ जना कोरोना संक्रमित थपिए, उपत्यकाका तीन जिल्लामा हालसम्मकै उच्च
images

काठमाडौं । मंगलबार विभिन्न प्रयोगशालामा ११ हजार ३२७ जनामा पिसिआर परीक्षण गर्दा थप ८५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आजसम्म ६ लाख २१ हजार ९०१ जनाको पिसिआर परीक्षण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ जना पुगेको छ ।

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंका १९९, ललितपुरका १९ र भक्तपुरका १४ जनासहित २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १० हजार ४५३ जना रहेका छन् । त्यसैगरी संक्रमित सक्रिय सख्ंया १४ हजार २५० जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ५ हजार ६७९ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ पुगेको छ । 

बितेको २४ घण्टामा देशभर कोरोना भाइरसबाट थप ७ जनाको मृत्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले सो जानकारी दिएका हुन् । मृतकमा काठमाडौंका ३ तथा सिरहा, पर्सा, धनुषा, र रुपन्देहीका १–१ जना गरी ७ जना रहेका छन् । योसँगै देशभर मृतकको कुल संख्या १६४ पुगेको छ ।

images
प्रकाशित मिति :भाद्र ९, २०७७ मंगलवार - १६:३१:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology