काठमाडौं । बुधबार विभिन्न प्रयोगशालामा १३ हजार २५३ जनामा पिसिआर परीक्षण गर्दा थप ८८५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ , जसमा पुरुष ५८६ र महिला २९९ रहेका छन् । आजसम्म ६ लाख ३५ हजार २५२ जनाको पिसिआर परीक्षण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ जना पुगेको छ ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंका २३०, ललितपुरका ४७ र भक्तपुरका २४ जनासहित ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ८३२ जना रहेका छन् । त्यसैगरी संक्रमित सक्रिय सख्ंया १४ हजार ७३९ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ६ हजार २८ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा १४७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १९ हजार ५०४ पुगेको छ ।
बितेको २४ घण्टामा देशभर कोरोना भाइरसबाट थप ११ जनाको मृत्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले सो जानकारी दिएका हुन् । योसँगै देशभर मृतकको कुल संख्या १७५ पुगेको छ ।