Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शनिबार ललितपुरमा ३६ जना कोरोना संक्रमित थपिए, हेर्नुहोस कुन पालिकामा कति ?

शनिबार ललितपुरमा ३६ जना कोरोना संक्रमित थपिए, हेर्नुहोस कुन पालिकामा कति ?

दैनिकी न्यूज

१३, भाद्र २०७७
शनिबार ललितपुरमा ३६ जना कोरोना संक्रमित थपिए, हेर्नुहोस कुन पालिकामा कति ?
images

ललितपुर । ललितपुरमा शनिबार थप ३६ जना कोरोना संक्रमित थपिएका छन् ।

ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र बागमती गाउँपालिकाका विभिन्न स्थानका ३६ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये १५ महिला र २१ पुरुष रहेका छन् ।

पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका १० महिला, १८ पुरुष गरी जम्मा २८ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै महालक्ष्मी नगरपालिकाका ४ जना महिला, ३ जना पुरुष गरी ७ जना र बागमती गाउँपालिकाका १ जना महिलामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै ललितपुर जिल्लामा कोरोना संक्रमितको संख्या ७०६ पुगेको छ, जसमा पुरुष ४०१ जना र महिला ३०५ जना रहेका छन् ।

images
प्रकाशित मिति :भाद्र १३, २०७७ शनिवार - २०:३८:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology