Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आईतबार १२२१ जना कोरोना संक्रमित थपिए, उपत्यकाका तीन जिल्लामा हालसम्मकै उच्च

आईतबार १२२१ जना कोरोना संक्रमित थपिए, उपत्यकाका तीन जिल्लामा हालसम्मकै उच्च

दैनिकी न्यूज

१४, भाद्र २०७७
आईतबार १२२१ जना कोरोना संक्रमित थपिए, उपत्यकाका तीन जिल्लामा हालसम्मकै उच्च
images

काठमाडौं । आईतबार विभिन्न प्रयोगशालामा १२ हजार ७१७ जनामा पिसिआर परीक्षण गर्दा थप १ हजार २२१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ, जसमा पुरुष ८७३ र महिला ३४८ रहेका छन् । आजसम्म ६ लाख ८२ हजार ३४३ जनाको पिसिआर परीक्षण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आईतबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ जना पुगेको छ ।

आईतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंका ३७२, ललितपुरका १२ र भक्तपुरका ४५ जनासहित ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ७९७ जना रहेका छन् । त्यसैगरी संक्रमित सक्रिय सख्ंया १७ हजार ५१८ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ६ हजार ९०६ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा २६७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेका छन् । मोरङ, धनुषा, पर्सा, बारा सर्लाही, रौतहट, महोत्तरी, काठमाडौं, ललितपुर, रुपन्देही र चितवनमा ५ सय बढी संक्रमित छन् । प्रवक्ता गौतमका अनुसार मुस्ताङ र हुम्ला संक्रमणमुक्त रहेका छन् ।

१४४ जना आईसियू र १७ जनाको भेन्टिलेटरमा उपचार भैरहेका छन । २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १४ जनाको ज्यान गएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या २२१ पुगेको मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र १४, २०७७ आइतवार - १६:२७:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology