Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मंगलबार १०६९ जना कोरोना संक्रमित थपिए, उपत्यकाका तीन जिल्लामा हालसम्मकै उच्च

मंगलबार १०६९ जना कोरोना संक्रमित थपिए, उपत्यकाका तीन जिल्लामा हालसम्मकै उच्च

दैनिकी न्यूज

१६, भाद्र २०७७
मंगलबार १०६९ जना कोरोना संक्रमित थपिए, उपत्यकाका तीन जिल्लामा हालसम्मकै उच्च
images

काठमाडौं । मंगलबार विभिन्न प्रयोगशालामा १२ हजार ८८ जनामा पिसिआर परीक्षण गर्दा थप १०६९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ, जसमा पुरुष ७२५ र महिला ३४४ रहेका छन् । आजसम्म ७ लाख ५ हजार ५६० जनाको पिसिआर परीक्षण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ जना पुगेको छ ।

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंका ३९३, ललितपुरका ५८ र भक्तपुरका ३० जनासहित ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ३९० जना रहेका छन् । त्यसैगरी संक्रमित सक्रिय सख्ंया १८ हजार ११२ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार २८० जना रहेको छ ।

१२७ जना आईसियू र १७ जनाको भेन्टिलेटरमा उपचार भैरहेका छन । कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। योसहित ज्यान गुमाउनेको संख्या २३९ पुगेको हो। 

images
प्रकाशित मिति :भाद्र १६, २०७७ मंगलवार - १६:२४:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology