Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बुधबार ११२० जना कोरोना संक्रमित थपिए, उपत्यकाका तीन जिल्लामा कति ?

बुधबार ११२० जना कोरोना संक्रमित थपिए, उपत्यकाका तीन जिल्लामा कति ?

दैनिकी न्यूज

१७, भाद्र २०७७
बुधबार ११२० जना कोरोना संक्रमित थपिए, उपत्यकाका तीन जिल्लामा कति ?
images

काठमाडौं । बुधबार विभिन्न प्रयोगशालामा पिसिआर परीक्षण गर्दा थप ११२० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ, जसमा पुरुष ९०० र महिला ३२० रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११२० जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ जना पुगेको छ ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंका ३५०, ललितपुरका २९ र भक्तपुरका ९ जनासहित ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७६६ जना रहेका छन् । त्यसैगरी संक्रमित सक्रिय सख्ंया १८ हजार १०८ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार ६१५ जना रहेको छ ।

१४४ जना आईसियू र १८ जनाको भेन्टिलेटरमा उपचार भैरहेका छन । कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। योसहित ज्यान गुमाउनेको संख्या २५१ पुगेको हो।

images
प्रकाशित मिति :भाद्र १७, २०७७ बुधवार - १६:२७:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology