काठमाडौं । शनिबार विभिन्न प्रयोगशालामा १२ हजार ४७३ जनाको पिसिआर परीक्षण गर्दा थप १०४१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ, जसमा पुरुष ६९२ र महिला ३४९ रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ जना पुगेको छ ।
शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंका ३२६, ललितपुरका ३७ र भक्तपुरका ४५ जनासहित ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ५६१ जना रहेका छन् । त्यसैगरी संक्रमित सक्रिय सख्ंया १७ हजार ८७० जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ८ हजार ४ जना रहेको छ ।
१६७ जना आईसियू र २४ जनाको भेन्टिलेटरमा उपचार भैरहेका छन । मन्त्रालयका अनुसार २४ घण्टामा १५ सय ६६ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २७ हजार १२७ पुगेको छ। यो कुल संक्रमितको ६० प्रतिशत हो।
२४ घण्टामा कोरोनाले ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २८० पुगेको छ ।