Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आइतबार ९८० जना कोरोना संक्रमित थपिए, उपत्यकाका तीन जिल्लामा कति ?

आइतबार ९८० जना कोरोना संक्रमित थपिए, उपत्यकाका तीन जिल्लामा कति ?

दैनिकी न्यूज

२१, भाद्र २०७७
आइतबार ९८० जना कोरोना संक्रमित थपिए, उपत्यकाका तीन जिल्लामा कति ?
images

काठमाडौं । आइतबार विभिन्न प्रयोगशालामा १० हजार ३८२ जनाको पिसिआर परीक्षण गर्दा थप ९८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ, जसमा पुरुष ६९० र महिला २९० रहेका छन् । आजसम्म ७ लाख ६८ हजार ३४५ जनाको पिसिआर परिक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार २५७ जना पुगेको छ ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंका २९०, ललितपुरका ३२ र भक्तपुरका ३२ जनासहित ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७०३ जना रहेका छन् । त्यसैगरी संक्रमित सक्रिय सख्ंया १७ हजार २७ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार ८२६ जना रहेको छ ।

१७४ जना आईसियू र २७ जनाको भेन्टिलेटरमा उपचार भैरहेका छन । मन्त्रालयका अनुसार २४ घण्टामा १८ सय १४ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या २८ हजार ९४१ पुगेको छ ।

२४ घण्टामा कोरोनाले ९ जनाको ज्यान गएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २८९ पुगेको छ।   

images
प्रकाशित मिति :भाद्र २१, २०७७ आइतवार - १६:२७:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology