Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आइतबार ललितपुरमा थपिए ४५ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

आइतबार ललितपुरमा थपिए ४५ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

दैनिकी न्यूज

२१, भाद्र २०७७
आइतबार ललितपुरमा थपिए ४५ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?
images

ललितपुर । ललितपुरमा आइतबार थप ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका ४५ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये १५ जना महिला र ३० जना पुरुष रहेका छन् ।

पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका १० जना महिला, २४ जना पुरुष गरी जम्मा ३४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै महालक्ष्मी नगरपालिकाका ५ जना महिला, ५ जना पुरुष गरी १० जना र गोदावरी नगरपालिकाका १ जना पुरुषमा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या १०९९ जना रहेको छ, जसमध्ये पुरुष ६२४ जना र महिला ४७५ जना रहेको छ ।

images
प्रकाशित मिति :भाद्र २१, २०७७ आइतवार - २१:२२:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology