Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सोमबार ९७९ जना कोरोना संक्रमित थपिए, उपत्यकाका तीन जिल्लामा कति ?

सोमबार ९७९ जना कोरोना संक्रमित थपिए, उपत्यकाका तीन जिल्लामा कति ?

दैनिकी न्यूज

२२, भाद्र २०७७
सोमबार ९७९ जना कोरोना संक्रमित थपिए, उपत्यकाका तीन जिल्लामा कति ?
images

काठमाडौं । सोमबार विभिन्न प्रयोगशालामा ९ हजार २१८ जनाको पिसिआर परीक्षण गर्दा थप ९७९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आजसम्म ७ लाख ७७ हजार ५६३ जनाको पिसिआर परिक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ जना पुगेको छ ।

नेपालमा संक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ रहेको छ। हाल ९ हजार ६९ जना संस्थागत आइसोलेसनमा छन्। त्यस्तै ७ हजार १९० जना होम आइसोलेसनमा छन्। हाल ४ हजार ७३९ जना क्वारेन्टाइनमा छन्। 

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंका २९३ जना (महिला १०२, पुरुष १९१), ललितपुरका २० जना (महिला ७, पुरुष १३) र भक्तपुरका १३ जना (महिला ६ र पुरुष ७ जना) सहित ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

१७१ जना आईसियू र २० जनाको भेन्टिलेटरमा उपचार भैरहेका छन । मन्त्रालयका अनुसार २४ घण्टामा १७ सय ३६ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ पुगेको छ ।

२४ घण्टामा कोरोनाले ११ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।

images
प्रकाशित मिति :भाद्र २२, २०७७ सोमवार - १६:३२:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology