काठमाडौँ।नेपालमा कोरोना बाट संक्रमित हुनेको संख्या ५० हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यी सहित हालसम्म संक्रमित हुनेको संख्या ५० हजार ४६५ पुगेको छ।
पछिल्लो २४ घण्टामा १ हजार ८१८ जना निको भइ घर फर्किएका छन्। यी सहित हालसम्म निको हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ भने हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ छ।
पछिल्लो २४ घण्टामा ५ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ ।