Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आइतबार १३२५ जना कोरोना संक्रमित थपिए, उपत्यकामा कति ?

आइतबार १३२५ जना कोरोना संक्रमित थपिए, उपत्यकामा कति ?

दैनिकी न्यूज

४, आश्विन २०७७
आइतबार १३२५ जना कोरोना संक्रमित थपिए, उपत्यकामा कति ?
images

काठमाडौं । आइतबार विभिन्न प्रयोगशालामा ९ हजार ५८४ जनाको पिसिआर परीक्षण गर्दा थप १३२५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आजसम्म ९ लाख १४ हजार २९० जनाको पिसिआर परिक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै कोरोना भाइरसबाट कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं, भक्तपुर र ललितपुरमा ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ जनामा कोरोना पुष्टि भएको हो ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ४५१ जना रहेका छन् । त्यसैगरी संक्रमित सक्रिय संख्या १७ हजार ४७८ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ८ हजार ४०७ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ९६६ रहको छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ४६ हजार ४७८ छ ।

मोरङ, सुनसरी, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने म्याग्दी, सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र  हुम्ला, रसुवामा संक्रमितको शून्य संख्य रहेको छ। 

आइसीयूमा रहने कोरोना संक्रमित देशभर १९० जना र भेन्टिलेटरमा रहने संक्रमित बिरामीको संख्या ३६ रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

२४ घण्टामा कोरोनाले १० जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४११ पुगेको छ ।

 

images
प्रकाशित मिति :आश्विन ४, २०७७ आइतवार - १६:२३:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology