Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सोमबार ११५४ संक्रमित थपिए, १६ जनाको मृत्यु

सोमबार ११५४ संक्रमित थपिए, १६ जनाको मृत्यु

दैनिकी न्यूज

५, आश्विन २०७७
सोमबार ११५४ संक्रमित थपिए, १६ जनाको मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ११५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६५ हजार २७६ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार १७ हजार ६११ कोरोनाका सक्रिय संक्रमित छन्। संस्थागत आइसोलेसनमा ८ हजार ९२१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ६९० जना रहेका छन्।

त्यसैगरी २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ हजार ५ रहेको छ । योसँगै हालसम्म कोेरोना संक्रमणबाट निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ९ लाख २३ हजार ८२३ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा ९ हजार ५३३ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ४०३ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १७ हजार ६११ जना रहेको छ ।

कोरोनाले २४ घण्टामा १६ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ।

 

काठमाडौं उपत्यकामा ६७४ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ६७४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंका ५३८ जना, भक्तपुरका ७४ जना र ललितपुरका ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

तर आइतबार उपत्यकामा काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा भाइरस संक्रमण पुष्टि भएको थियो।

images
प्रकाशित मिति :आश्विन ५, २०७७ सोमवार - १७:११:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology