ललितपुर । ललितपुरमा सोमबार थप ५८ जना कोरोना संक्रमित थपिएका छन् ।
ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका ५८ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये २८ जना महिला र ३० जना पुरुष रहेका छन् ।
पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका २२ जना महिला, २५ जना पुरुष गरी जम्मा ४७ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै महालक्ष्मी नगरपालिकाका २ जना महिला, ५ जना पुरुष गरी ६ जना र गोदावरी नगरपालिकाका ५ जना महिलामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या १७ सय ३७ जना रहेको छ, जसमध्ये पुरुष ९६४ जना र महिला ७७३ जना रहेको छ ।